Logo
१३ बैशाख २०८१, बिहीबार
(May 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोग बूढीगंगा नगरपालिकाको विवाद टुङ्ग्याउन अनिर्णित

निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन ।

आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको भने साता दिन हुन लाग्यो । तर, प्रतिवेदन अध्ययन गरेर निर्णय लिन आयोगले सकेको छैन ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिवेदन अध्ययनपछि आयोगले के गर्ने भन्नेबारे चाँडै निर्णय लिने बताएका छन् ।

‘माननीय आयुक्त सगुनशम्शेर जबराज्यू नेतृत्वको उच्चस्तरीय स्थलगत अध्ययन टोलीको प्रतिवेदन प्राप्त भएको छ । प्रतिवेदन अध्ययन भइरहेको छ । आशा गरौँ, आयोगबाट चाँडै निर्णय हुन्छ’, जबराले भने ।

३० वैशाखमा निर्वाचन हुँदा एमालेले बुथ कब्जा गरेको कांग्रेस नेता, कार्यकर्ताहरूको आरोप छ । उनीहरू फेरि मतदानको पक्षमा छन् । तर, एमाले नेता, कार्यकर्ताहरू भने बुथ कब्जा नभएको र धाँधली नभएको भन्दै मतगणनाको पक्षमा छन् ।

दलहरूबीच मतगणना कि फेरि मतदानको विषयमा सहमति नहुँदा मतदान भएको दुई साता हुँदा पनि मतगणना भएको छैन ।

उदयपुरको त्रियुगा नगरपालिकामा भने आयोगले मतगणना गर्ने निर्णय गरेपछि मतगणना भइरहेको छ ।

प्रकाशित मिति: May 26, 2022

प्रतिक्रिया दिनुहोस्