Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगरकार्यपालिका सदस्य निर्वाचनको लागि बर्दिबासमा तीन दलीय गठबन्धन

नगर कार्यपालिका सदस्य निर्वाचनका लागी बर्दिबास नगरपालिकामा तीन दलीय गठबन्धन बनेको छ । नगर कार्यपालिकाको ८ सदस्य निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएकाे हाे ।

नेकपा एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेसले २ जना पाउने गरी सहमति भएको माओवादी केन्द्रका नेता राजन ढुंगानाले जानकारी दिए ।

बर्दिबास नगरपालिकाभित्र निर्वाचित जनप्रतिनिधिहरूको संख्याको आधारमा भागबण्डा गरिएको हो ।

बर्दिबासमा वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा एमालेले २४, माओवादी केन्द्रले २५ र कांग्रेसले १३ जनप्रतिनिधिहरु निर्वाचित भएका छन ।

कार्यापालिका सदस्य विजयी गराउन सहमति जनाउदै एमालेका जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकी, माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु खडका र कांग्रेसका नेता चिरञ्जीवी हमालले सयुक्त हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: May 25, 2022

प्रतिक्रिया दिनुहोस्