Logo
१७ असार २०७९, शुक्रबार
(May 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय गृहणीले खानीमा फेला पारिन हिरा

मध्ये प्रदेशको पन्ना जिल्लाको एउटा गाउँकी एक महिलाले एउटा खानीमा २ दशमलब शून्य ८ क्यारेटको हिरा फेला पारेकी छिन् । सो हिरा राम्रो गुणस्तरको भएको र लिलामीमा १० लाख भारु पुग्न सक्ने भारतीय अधिकारीहरूले जनाएका छन् ।

महिलाका श्रीमानले हिराको लिलामीबाट राम्रो मूल्य पाएमा पन्ना सहरमा घर किन्न चाहेको बताए । उनी पेसाले किसान हुन् ।

जिल्लाको कृष्ण कल्याणपुर पाटी क्षेत्रमा भाडामा लिएको खानीमा गृहिणी चमेली बाईले २ दशमलब शून्य ८ क्यारेटको हिरा फेला पारेको पन्नाको हीरा कार्यालयका अधिकारी अनुपम सिंहले बताए ।

ती महिलाले मंगलबार हिरा कार्यालयमा सो बहुमूल्य ढुंगा डिपोजिट गरेको अधिकारीले बताए ।

प्रकाशित मिति: May 25, 2022

प्रतिक्रिया दिनुहोस्