Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिड नियन्त्रण गर्न भारत सफल, चीन बिफल : अमेरिकी राष्ट्रपति बाइडेन

विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले टिप्पणी गरेका छन् ।

टोकियोमा जारी क्वाड शिखर सम्मेलनको बन्द सरमा बाइडेनले कोभिड–१९ प्रकोपलाई ह्यान्डल गर्ने विषयमा मोदीको प्रशंसा र चीनको आलोचना गरेका हुन् ।

एक वरिष्ठ अधिकारीका अनुसार राष्ट्रपति बाइडेनले कोभिड १९ महामारी ह्यान्डल गर्ने मामिलामा भारतको सफलताको प्रशंसा गरेका हुन् ।

मोदीको सफलताले संसारलाई लोकतन्त्रले प्रदान गर्न सक्छ भनेर देखाएको बाइडेनले बताए । ‘चीन र रुस जस्ता निरंकुश राष्ट्रहरूले द्रुत रूपमा परिवर्तन भइरहेको संसारलाई राम्रोसँग ह्यान्डल गर्न सक्छन् भन्ने भ्रमको पर्दाफास गरेको छ किनकी तिनीहरूको नेतृत्वले लामो लोकतान्त्रिक प्रक्रियाहरू पार नगरी निर्णय लिन र कार्यान्वयन गर्न सक्छन्’, ती अधिकारीले भने ।

प्रधानमन्त्री मोदीले क्वाड नेताहरूको शिखर सम्मेलनको केही समयपछि अमेरिकी राष्ट्रपति बाइडेनलाई भेटेका थिए । यसअघि मोदी र बाइडेनबीच भर्चुअल माध्यममार्फत अप्रिलको दोस्रो साता छलफल भएको थियो ।

बाइडेनले दाबी गरे पनि भारतमा कोभिड पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । अझै पनि दैनिक १५ सयदेखि दुई हजार संक्रमित भेटिने गरेका छन् । पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट २६ जनाको मृत्यु भएको छ ।

पछिल्लो समयमा चीनको सांघाईमा फैलिएको कोभिड संक्रमणमा केही कमी आएको छ । नियन्त्रण बाहिर जान थालेपछि सांघाईमा लामो समय लकडाउन घोषणा गरिएको थियो ।

करिब २ करोड ५० लाख जनसंख्या रहेको सांघाईमासरकारले सामूहिक कोरोना परीक्षण गर्नेदेखि यात्रामाथि प्रतिबन्ध लागू गरेको थियो ।

प्रकाशित मिति: May 24, 2022

प्रतिक्रिया दिनुहोस्