Logo
७ बैशाख २०८१, शुक्रबार
(May 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाराका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ

बारा जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण गरेका छन् । यहाँका १५ वटै पालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनियताको सपथ लिएका हुन्स ।

निजगढ नगरपालिकाका नागर प्रमुख सुरथ पुरीले उपप्रमुख सोममाया थिङ्गसहित वडा अध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

निजगढस्थित बैङ्गकुट सभा हलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख पुरीले उपप्रमुख थिङ्गलाई पहिले सपथ गराएपछि वडा अध्यक्ष र सदस्यहरूलाई इश्वर, देश र जनताको नाममा पद तथा गोपनियताको सपथ गराएका थिए । सपथ कार्यक्रमपछि उपप्रमुखसहित सबैले पदबहाली गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले सोमबार पदभार ग्रहण गरेलगत्तै पदबहाली गरेका हुन् भने कलैया उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आइतबारनै सपथ लिएका थिए ।

उनीहरूले आज पदबहाली गरेका छन् । मुख्य निर्वाचन अधिकृतसँग सपथ लिएपछि साहले उपमहानगरका अन्य जनप्रतिनिधिलाई सपथ गराएका थिए । सपथ ग्रहण गराएसँगै नगर प्रमुख साहले पदभार ग्रहण गरेका छन् ।

यस्तै, बाराका अन्य पालिकामा समेत सपथ ग्रहण र पदभार ग्रहण गरेका छन् । बाराको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले आईतबारनै सपथ लिएका थिए ।

जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाएका हुन् ।

प्रकाशित मिति: May 24, 2022

प्रतिक्रिया दिनुहोस्