Logo
१५ चैत्र २०८०, बिहीबार
(May 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वव्यापी मृत्युदण्डमा चिन्ताजनक बृद्धि : एम्नेस्टी इन्टरनेसनल

महामारी प्रतिबन्धको सहजतापछि सन् २०२१ मा विश्वव्यापी मृत्युदण्डमा ‘चिन्ताजनक वृद्धि’ भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । इरानमा सन् २०१७ पछिकै सबैभन्दा ठूलो संख्यामा मृत्युदण्ड दिइएको छ ।

सन् २०२१ मा १८ देशहरूमा कम्तिमा ५७९ जनालाई मृत्युदण्ड दिइएको थियो । सन् २०२० को तुलनामा यो २० प्रतिशतले बढी भएको एम्नेस्टीले जनाएको छ । यो अवधिमा इरानमा सबैभन्दा बढी अर्थात ३१४ जनालाई मृत्युदण्ड दिइएको थियो । जबकी सन् २०२० मा मृत्युदण्ड पाउनेको संख्या २४६ थियो ।

त्यस्तै, गत वर्ष साउदी अरेबियामा पनि मृत्युदण्डमा बृद्धि भएको देखिन्छ । सन् २०२० को तुलनमा त्यहाँ दोब्बर संख्यामा मृत्युदण्ड दिइएको थियो भने म्यानमारमा सैन्य कानुनअन्तर्गत ९० जनालाई मृत्युदण्ड दिइएको थियो ।

‘सन् २०२१ मा मृत्युदण्ड र मृत्युदण्डको सजायमा चिन्ताजनक वृद्धि भएको देखियो किनभने विश्वका केही प्रख्यात जल्लादहरू सामान्य रूपमा व्यवसायमा फर्केका थिए र अदालतहरू कोभिड १९ प्रतिबन्धबाट स्वतन्त्र भएका थिए’, एम्नेस्टीले आफ्नो समीक्षामा भन्यो ।

एम्नेस्टीका अनुसार न्यायाधीशहरूले ५६ देशहरूमा कम्तिमा २,०५२ मृत्युदण्डको सजाय सुनाएका थिए जसमा बंगलादेश, भारत, प्रजातान्त्रिक गणतन्त्र कंगो, इजिप्ट र पाकिस्तानमा ठूलो वृद्धि देखिएको छ ।

प्रकाशित मिति: May 24, 2022

प्रतिक्रिया दिनुहोस्