Logo
१५ चैत्र २०८०, बिहीबार
(May 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती गाँउपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र भत्ता दिने

ललितपुरको बागमती गाउँपालिकाले सुत्केरीका लागि निस्शुल्क एम्बुलेन्स सेवासँगै भत्ताको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाका नवनियुक्त अध्यक्ष वीरबहादुर लोप्चनले पदभार ग्रहणपछि सुत्केरी स्याहारको विशेष प्याकेजसहित यस्तो निर्णय गरेका हुन् ।

उनले सुत्केरीलाई दुई हजार भत्ता दिन लागेको बताए। उनले यो निर्णयसँगै इसीडी शिक्षकहरूलाई अपुग भएमा गाउँपालिकाले रकम थप गर्ने पनि बताए । साथै, पर्यटकीय क्षेत्र प्रर्वद्धन गर्ने समेत निर्णय भएको छ ।

सपथग्रहणसँगै बागमती गाउँपालिकाको अध्यक्ष लोप्चनले उपाध्यक्ष, वडा अध्यक्षहरू र वडा सदस्यलाई पनि सपथ खुबाएका थिए ।

प्रकाशित मिति: May 23, 2022

प्रतिक्रिया दिनुहोस्