Logo
१३ बैशाख २०८१, बिहीबार
(May 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झुक्किएर खातामा आएको ४.६ करोड येन कोभिड अनुदान युवकले सबै जुवामा उडाइदिए

गत अप्रिल एक जना जापानी युवकको खातामा झुक्किएर कोभिड–१९ अनुदान कोषको ४ करोड ६३ लाख येन ट्रान्फर भयो । ती युवकले दुई साताको समयमा त्यो सम्पूर्ण रकम जुवा खेलेर सकाइदिए ।

जापानमा त्यहाँका स्थानीय सरकारले महामारीको समयमा आर्थिक रुपमा संघर्षरत परिवारलाई सहायता रकम दिइरहेका छन् ।

यसै कार्यक्रम अन्तरगत पश्चिम जापानको अबु नगर सरकारले २४ वर्षे युवकलाई अप्रिलमा अनुदान रकम पठाइएको थियो ।

तर ती व्यक्तिको खातामा १,००,००० येन जानुपर्नेमा, सो क्षेत्रका ४६३ जना न्युन आय भएका सबै परिवारको रकम ट्रान्सफर हुन थियो ।

स्थानीय सरकारले यो गल्ती ढिलो गरी मात्र थाहा पायो । उसले मे १२ मा रकम फिर्ता गर्न मुद्दा हाल्यो । एक्लै बस्ने गरेका युवकले भर्खरै गरिरहेको पसलको काम छाडेका थिए ।

प्रशासनको सम्पर्कमा आएर उनले आफूले नगदी फिर्ता गर्ने सहमति जनाए । तर फेरि बयान फेर्दै उनले आफ्नो खातामा पैसा नरहेको बताए ।

बैंकको रेकर्डले भने उनले अप्रिल ८ देखि २१ बीचमा बैंक खाताबाट सम्पूर्ण पैसा निकालेको देखायो । यो साता युवकको वकिलले खातामा आएको सम्पूर्ण रकम मोबाइलमा खेल्न मिल्ने अनलाइन क्यासिनो खेलेर नष्ट गरेको बताए ।

साथै वकिलले उनको क्लाईन्टसँग धनसम्पत्ति नरहेकाले पैसा फिर्ता गर्न नसक्ने बताए । अबुका मेयर नोरिहिको हमादाले युवकबाट पैसा फिर्ता गर्न सम्पूर्ण कदम चालिने बताए ।

कानुनका विज्ञले व्यक्तिबाट पैसा उठ्ने सम्भावना कम रहेको बताए । ‘यदि सहर प्रशासनले मुद्दा जितिहाल्यो भने पनि उनीसँग धनसम्पत्ति नभएको अवस्थामा पैसा उठाउन गाह्रो छ,’ कोबेस्थित कोनान विश्वविद्यालयका कानुनका प्रोफेसर मैनाची सोनोदाले भने ।

सोनोदाले युवकको काममा ‘नैतिक रुपमा प्रश्न उठाउन सकिने’ भए पनि जापानी कानुनले व्यक्तिलाई आफ्नो खातामा रहेको रकम झिक्ने अधिकार दिएको छ ।

समाचार अनुसार २४ वर्षे युवकको रकम गएर किस्ता रोकिएका परिवारको खातामा १ लाख येन पठाइएको छ । –द गार्जियनबाट

प्रकाशित मिति: May 23, 2022

प्रतिक्रिया दिनुहोस्