Logo
११ बैशाख २०८१, मंगलबार
(May 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पासो’ को ट्रेलर सार्वजनिक : कार्तिक २५ गतेबाट रिलिज हुने

नेपाली फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बीआर इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा तयार भएको यो फिल्म कार्तिकको २५ गतेबाट रिलिज हुने छन् ।

रीस्ता बस्नेत, सुनिषा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । फिल्मको ट्रेलरमा काठको बक्साभित्र थुनिएकी यूवतीको कथा भनिएको छ ।

सूर्य दयालुको संगीत रहेको फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन आर.बी पुनको छ । फिल्ममा भगवान भुजेलको लगानी छ ।

उत्तम हुमागाँइको छायांकन रहेको फिल्म भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी छ ।
‘पासो’को कार्यकारी निर्मातामा राजकुमार राउत छन् ।

फिल्मले यूवती बलात्कार, हत्या र बदलाको कथा भनेको छ । फिल्मलाई काठमाडौं बाहिर एफडी कम्पनी र काठमाडौंमा जीजीए ग्रुपले वितरण गर्नेछ ।

प्रकाशित मिति: May 23, 2022

प्रतिक्रिया दिनुहोस्