Logo
७ बैशाख २०८१, शुक्रबार
(May 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेश र भारतमा बाढी : कम्तीमा ५७ जनाको मृत्यु

बंगलादेश र भारतका विभिन्न भागमा आएको बाढी र पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि लाखौँ मानिस विचल्लीमा परेका छन् ।

बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट करिब २० लाख मानिस बिचल्लीमा परेका छन् भने करिब १० लाख मानिस प्रभावित भएका छन् ।

भारतको उत्तरपूर्वी भागबाट आएको बाढीको पानीले बराक नदीको ठूलो तटबन्ध भत्काउँदा जाकीगञ्जका कम्तीमा १०० गाउँ डुबानमा परेको सिल्हट क्षेत्रका प्रमुख सरकारी प्रशासक मोशर्रफ हुसेनले बताए ।

‘बाढीबाट २ लाख मानिस बिचल्लीमा परेका छन्’, उनले भने । यो साता मात्र कम्तीमा १० जनाको मृत्यु भएको उनले बताए ।  एजेन्सी

प्रकाशित मिति: May 22, 2022

प्रतिक्रिया दिनुहोस्