Logo
७ बैशाख २०८१, शुक्रबार
(May 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाटकीय प्रिमियर लिगको आज अन्तिम दिन : उपाधि, शीर्ष चारसँगै रेलिगेसन ब्याटल

शीर्ष स्थानको म्यानचेष्टर सिटी कि दोस्रो स्थानको लिभरपुर च्याम्पियन ? के टोटनहम उत्तरी लन्डर टिम आर्सनललाई हराएर चौथो स्थानमा रहँदै यूईएफए च्याम्पियन्स लिगमा छनोट होला ? वर्नली वा लिड्स युनाइटेड कुन टिम च्याम्पियनसिपमा जाँदै छ ।

यी सबै प्रश्नको उत्तर सिजन २०२१–२२ प्रिमियर लिगको अन्तिम दिन पाइनेछ । जुन प्रश्नको उत्तर नाटकीय र भावनात्मक रुपमा रहेका छन् ।

पछिल्लो १० वर्षमा पहिलो पटक यस्तो हुने भएको हो । अन्तिम दिन उपाधि विजेता, शीर्ष चार र रेलिगेशन हुने टोलीको टुंगो लाग्नेछ ।जारी लिगमा सबै टोलीले ३७ खेल खेलिसकेका छन् ।

आइतबार राति नेपाली समय अनुसार पौने ९ वजे एकै समयमा १० खेल हुँदैछन् । सिटी ९० अंक सहित शीर्ष स्थानमा छ । लिभरपुल ८९ अंकसहित दोस्रो स्थानमा छ ।

अन्तिम दिन सिटीले घरेलु मैदानमा एस्टन भिल्लालाई आतिथ्य गर्नेछ । यता, उल्भ्सको घरेलु मैदानमा लिभरपुल भ्रमण गर्नेछ ।उपाधिका लागि सिटीले एस्टन भिल्लालाई हराए सिधै उपाधि जित्नेछ र यसमा लिभरपुरको केही लाग्ने छैन ।

यदि दुबै खेल बराबरीमा सकिए सिटीले स्वतः जित्ने नै छ । अब, रह्यो लिभरपुलले उल्भ्सलाई हराउने र भिल्लासँग सिटी हार्ने । यो समीकरणमा मात्र लिभरपुल विजेता हुनेछ । यदि सिटी रोकिएर लिभरपुलले जिते लिभरपुल च्याम्पियन हुनेछ ।

घरेलु मैदानमा पेप ग्वार्डिओलाको सिटी विजेता बने उसले पछिल्लो पाँच सिजनमा चार पटक लिगको उपाधि जित्नेछ । यता, चेल्सी तेस्रो स्थानमा ढुक्क भइसकेको छ ।

उसको ७१ अंक छ । सिटी, लिभरपुल र चेल्सी आगामी सिजनका लागि यूईएफए च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । अब पालो चौथो स्थानमा रहनेको छ ।

चौथो स्थानमा रहन लन्डन क्लबद्वय टोटनहम र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । टोटनहमको ६८ अंक छ । आर्सनल ६६ अंकसहित पाँचौं स्थानमा छ ।

अन्तिम दिन आर्सनलले एभर्टन र टोटनहमले नर्विच सिटीको सामना गर्नेछ । दुबै टोलीले जितेको खण्डमा टोटनहम शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुनेछ ।

यदि टोटनहम हारको खण्डमा आर्सनल जित्यो भने अवसर पाउने पक्का छ । अब, प्रिमियर लिगको प्रतिस्पर्धा बाँकी स्थानको लागि छाडेर रेलिगेसन क्षेत्रमा हुनेछ ।

दुई क्लब रेलिगेसनमा परेर च्याम्पियनसिप खेल्ने पक्का भइसकेको छ । नर्विच र वाट्फोर्डले प्रिमियर लिगको हैसियत गुमाइसकेका छन् ।अब पालो एक क्लबको ।

त्यसको प्रतिस्पर्धामा छन् लिड्स युनाईटेड र वर्नली । लिड्स र वर्नलीको समान ३५ अंक छ । दुबै टिमको बराबर र हारले लिड्स रेलिगेशनमा पर्नेछ ।

यदि अन्तिम खेलमा वर्नलीले न्युक्यासलसँग जित निकाले हैसियत कायम राख्नेछ । यदि हारले भने लिड्सको नतिजा कुर्नुपर्छ । लिड्सले अन्तिम खेलमा बे्रन्टफोर्डको सामना गर्दैछ ।

यदि यो खेलमा लिड्स जिते र वर्नली हारेको खण्डमा वर्नली नै रेलिगेशनमा पर्नेछ । यस्तै रातिको अन्य खेलमा ब्राइटोन र वेष्ट ह्याम, चेल्सी र वाटफोर्ड, क्रिष्टल प्यालेस र म्यानचेष्टर युनाईटेड तथा लेष्टर र साउथह्याम्पटन भिड्नेछन् ।

प्रकाशित मिति: May 22, 2022

प्रतिक्रिया दिनुहोस्