Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसद्वारा फिनल्यान्डमा ग्यास आपूर्तिमा रोक

रुसले शनिबार छिमेकी फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक लगाएको छ । त्यसको बदलामा फिनल्यान्डले नेटो सदस्यताको लागि आवेदन दिएर मस्कोलाई आक्रोशित बनाएको छ ।

आपूर्तिकर्ता गाजप्रोमलाई रुबलमा तिर्न अस्वीकार गरेपछि मस्कोले फिनल्यान्डमाथि ग्यास रोकेको हो । २४ फेब्रुवरीमा युक्रेनमाथि रुसी हमलापछि मस्कोले रुबलमा ग्यासको भुक्तानी गर्न युरोपेली युनियन (ईयू) लगायतका देशका ग्राहकलाई अनुरोध गरेको छ ।

रुसी उर्जा कम्पनी ग्याजप्रोमले शनिबार एक विज्ञप्तिमा रुबल भुक्तानी प्राप्त नगरेकोले ग्यास आपूर्ति पूण रूपमा बन्द गरिएको जनाएको छ ।

सन् २०२१ मा ग्याप्रोमले १ दशमलब ४९ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास फिनल्यान्ड पठाएको जनाएको छ । यो देशको ग्यास खपतको लगभग दुई तिहाई बराबर हो ।

यद्यपि, प्राकृतिक ग्यासले फिनल्याण्डको ऊर्जाको करिब आठ प्रतिशत ओगटेको छ । फिनल्यान्डको उर्जा कम्पनी गासुमले अभावलाई बाल्टिकनेक्टर पाइपलाइनलगायतका स्रोतबाट अभाव पूर्ति गर्ने जनाएको छ ।

त्यस्तै फिलिंग स्टेसनहरू सामान्य रूपमा चल्ने आश्वासन दिएको छ । एजेन्सी

प्रकाशित मिति: May 22, 2022

प्रतिक्रिया दिनुहोस्