Logo
१५ चैत्र २०८०, बिहीबार
(May 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देवानगंजमा घर-घर पुग्दै श्यामलाल मेहता, जसपाका बेचनलाई पुराना काङ्ग्रेसीहरुको वैशाखी आस

प्रदेश १ स्थित देवानगंज गाउँपालिका सुनसरीमा चुनावी रौनक रोचक बनेको छ ।

जम्मा २३ हजार मतदाता रहेका यसपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका श्यामलाल मेहता र जनता समाजवादी पार्टीका उम्मेदवार वेचन मेहतावीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

बिगतको चुनावमा यहाँ चारपक्षीय प्रतिस्पर्धा रहेकोमा यसपालि दुईपक्षीय प्रतिस्पर्धाको स्थिती देखिएको छ ।

यसपटक नेकपा एमालेका उम्मेदवार कम्जोर छन् भने बिगतमा समेत प्रतिस्पर्धामा रहेका श्यामलाल र बेचन यसपटक मुख्य भिडन्तमा छन् ।

स्थानीय बासिन्दाहरुका अनुसार काङ्ग्रेसका उम्मेदवार रहेपनि केहि पुराना काङ्ग्रेसीहरुले श्यामलाललाई मन पराईरहेका छैनन् । औपचारिक रूपमा जेसुकै भनेपनि भित्री रूपमा बेचनलाई सघाईरहेका छन् ।

कांग्रेसका तर्फबाट बिगतमा जितेका लालीप्रसाद मेहता निकट केहि ब्यक्तिहरुले श्यामलाललाई नस्विकार्ने खालका धारणाहरु ब्यक्त गर्नेगरेका छन् । तर श्यामलाल र लालीबीचको निकै पुरानो आन्तरिक द्वन्द्वका कारण लालिप्रसादका मान्छेहरूले त्यस्तो धारणा राख्नेगरेका हुन सक्ने स्थानीयहरु बताउँछन् ।

नाम उल्लेख नगर्ने शर्तमा मध्यहर्षाहीका एक बासिन्दाले भने लाली र श्यामलालबीच निकै पुरानो आन्तरिक द्वन्द्व छ त्यसको फाईदा उठाउने दाउमा यसपटक जसपाका बेचन मेहता रहेका छन्।

उनि भन्छन् पुराना कांग्रेसीहरुले खुलेयाम नविन कांग्रेस भन्दै श्यामलाल र उनका समर्थकहरुलाई जिस्काउने गरेका छ । मानौं लालि मेहता र उनका परिवार मात्र काङ्ग्रेस हुन भन्ने सामन्ति शैलीमा लालीप्रसाद निकटहरुले नविन कांग्रेस भन्दै हेप्ने गरेका छन् ।

मध्यहर्षाहीका एक अर्को बासिन्दा भन्छन् लालीप्रसाद र उनका केहि समर्थकहरुका यो बौकलाहट हुन् । खासमा श्यामलाललाई उनिहरुले कांग्रेस नै स्वीकार गरेका छैनन् ।

यहीँ मौकाको फाईदा उठाउने दाउमा जसपाका बेचन रहेका छन् । बेचनका परिवार र लाली परिवारबीच कुट्मैति सम्बन्ध पनि रहेका छन् । लालीप्रसाद पनि टिकटको लाईनमा भएपनि यसपटक कांग्रेसले श्यामलाललाई टिकट दिएका हुन् । उनि लोकतान्त्रिकबाट समायोजन भएर कांग्रेसमा आएका हुन् । हाल उनि नेपाली कांग्रेस क्षेत्र नम्बर २ का प्रदेशसभा क्षेत्र सभापति समेत हुन् ।

तर बिगत लामो समयदेखि राजनीतिक संघर्षमा रहेका श्यामलाल मेहता देवानगंजका सबै वडामा घर-घरमा गई भोट मागिरहेका छन् ।

उनि भन्छन् -“म गरिबको छोरा हूँ, तर कांग्रेसको उम्मेदवार हूँ, त्यसैले पार्टीका सबै नेताहरूले साथ दिनैपर्छ । मेरालागि कांग्रेसका सबै अग्रज आदरणीय हुन् उहाँहरुको मनको कुरा उहाहरुलाई नै थाह होला” ।

बौद्धिक किसिमका प्रचार शैली, साउण्ड, पम्प्लेट लिएर श्यामलाल जनताका घर-घरमा पुग्ने गरेका छन् । आफूलाई जिताए यो यो कार्य गर्ने लिष्ट सहित श्यामलाल मतदाताका घरमा पुग्ने गरेका छन् । त्यसैगरी पत्रकारितामा रहेर ख्याति कमाएका बिरेन्द्रकुमार मेहताले असन्तुष्ट कांग्रेसीहरुलाई जोड्ने प्रयासमा छन् । उनले सबै असन्तुष्टहरुसँग एक एक चरण भेटेर कुराकानि गरेपछि संघीय सांसद सिताराम मेहता, प्रदेश सांसद राजिव कोइराला, पालिका पार्टी सभापति जगधर यादव र स्थानीय नेता सुरेन्द्र यादवले सबै असन्तुष्टहरुसँग समन्वयमा जुटेका छन् ।

कांग्रेसले पुरानै वडा अध्यक्षहरुलाई दोहराएका छन् भने अन्य पार्टीका उम्मेदवारहरुले उनिहरुका प्रतिस्पर्धामा उत्रेका छन् ।

स्थानीयहरुका अनुसार वडा नम्बर १ मा काङ्ग्रेसका सुर्यनारायण पाल सजिलैसँग जित्ने अवस्था देखिन्छ भने जसपाका उम्मेदवार किशोर पाल र एमालेका बिनोद पालले केहि मत काट्ने छन् ।

वडा नम्बर २ मा काङ्ग्रेसका मज्लुम अन्सारी र जसपाका कृष्ण बल्ल्व मेहताबीच प्रतिस्पर्धा देखिएको छ त्यसैगरी एमालेका उम्मेदवार मेहता पनि प्रतिस्पर्धामा रहेका छन् ।

त्यसैगरी वडा नम्बर ३ मा जसपालाई आफ्नो शाख बचाउनुपर्ने चुनौती छ भने कांग्रेसका पुलेन मेहता र माओवादी उम्मेदवारले यहाँ कडा प्रतिस्पर्धाको अवस्था सृजना गरेका छन् ।

वडा नम्बर ४ मा भने कांग्रेसका चन्देश मेहता मज्जाले जित्ने अवस्था छ भने जसपा र एमालेले केहि मत लाट्ने छन् ।

त्यसैगरी वडा नम्बर ५ मा कांग्रेसका अशोक यादवलाई एमाले र जसपाका उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । यहाँ कांग्रेसबाट कुन्दन यादवलाई टिकट नदिएपछि वाडास्तरीय राजनीति कांग्रेसको अवस्था नाजुक बनेको हो ।

त्यस्तै वडा नम्बर ६ मा काङ्ग्रेसका देवनारायण मेहतालाई कांग्रेसकै विद्रोही उम्मेदवार किसुनदेव मेहताको प्यानलले प्रतिस्पर्धा दिरहेका छन् ।

वडा नम्बर ७ मा भने कांग्रेसका बद्री यादव निकै अगाडि छन् भने एमाले र एकजाना स्वतन्त्र उम्मेदवारले उनको मत काट्ने अवस्था रहेको छ ।

प्रकाशित मिति: May 6, 2022

प्रतिक्रिया दिनुहोस्