Logo
११ बैशाख २०८१, मंगलबार
(April 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिथिला नगरपालिकामा जसपा र माओवादी केन्द्रबीच चुनावी गठबन्धन

मधेश प्रदेशस्थित धनुषाको मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।

जसपाले ११ वटा वडा मध्ये ५ वटा वडामा वडाध्यक्ष पाएका छन् ।माओवादीले ६ वटा वडाध्यक्षसहित मेयर, उपमेयर पाएको छ ।

जसपाले १,२,४,५ र ६ नम्बर वडा पाएको छ । यस्तै माओवादी केन्द्रले वडा नं। ३,७,८,९,१० र ११ नम्बर वडा भागमा पाएको छ ।माओवादी केन्द्रबाट मेयरमा रामकुमार महतो र उपमेयरमा बिमला अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

भागवण्डामा परका वडाबाट दुबै दलले वडाध्यक्षसहित सदस्य पदमा उम्मेदवारी दर्ता गराएको मेयरका उम्मेदवार महतोले बताए ।

यस नगरपालिकामा गत २०७४ को चुनावमा एमालेका उम्मेदवार हरिनारायण महतो ६ हजार ७४० मत ल्याएर विजयी भएका थिए ।

 

प्रकाशित मिति: Apr 26, 2022

प्रतिक्रिया दिनुहोस्