Logo
१३ बैशाख २०८१, बिहीबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन सम्बन्धविच्छेदको तयारीमा छन् विल र जाडा ?

ओस्कार अवार्डमा विल स्मिथले ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि अझै चर्चामा छन् । तर, यसपटक उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । मिडिया रिपोर्टका अनुसार विल र उनकी श्रीमती जाडा पिन्केटबीच सम्बन्ध राम्रो चलिरहेको छैन ।

उनीहरुको सम्बन्धविच्छेदसम्मको खबर आइरहेको छ ।समाचारका अनुसार विल र जाडाबीच बोलचालसमेत बन्द भएको छ । भनिन्छ, ओस्कर अवार्डमा भएको विवाद नै दुवैको सम्बन्धविच्छेदको कारण बनिरहेको छ ।

स्रोतका अनुसार विल र जाडाबीच लामो समयदेखि विवाद चलिरहेको थियो । तर ओस्कार अवार्डको घटनापछि यो विवाद गहिरिएको छ । यदि रिपोर्टहरू अनुसार जोडी अलग भएमा जाडाले विलको आधा सम्पत्ति पाउनेछिन्।

​विल स्मिथको कूल सम्पत्ति हाल करिब ३५० मिलियन डलर रहेको छ । यदि यस्तो भयो भने यो हलिउडको सबैभन्दा महँगो सम्बन्धविच्छेद हुनेछ। यो सम्बन्धविच्छेद ब्राड पिट र एन्जेलिना जोली भन्दा पनि महँगो हुन सक्छ।एजेन्सी

 

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्