Logo
१२ जेष्ठ २०७९, बिहीबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पदस्थापन भएर खटिएका कर्मचारीलाई वैशाख १५ गतेभित्र अनिवार्य हाजिर हुन निर्वाचनको निर्देशन

विभिन्न मन्त्रालय र निकायका सरुवा वा काज जा पदस्थापन भएका कर्मचारीलाई वैशाख १५ गतेभित्र अनिवार्य हाजिर हुन निर्वाचन आयोगले निर्देशन दिएका छन् ।

गत चैत १५ गतेभित्र निर्वाचन आयोगले विभिन्न मन्त्रालय र निकायका सरुवा वा काज जा पदस्थापन भएका कर्मचारीहरू खटिएका विभिन्न निकायमा हाजिर नभएको गुनासो प्राप्त भएकाले यही वैशाख १५ गतेभित्र अनिवार्यरूपमा हाजिर हुन पठाउने व्यवस्थाका लागि निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा, ‘नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार वा प्रदेश सरकारको कुनै मन्त्रालय, विभाग वा कार्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित संस्था वा निकायमा निर्वाचन आयोगको २०७८ फागुन १६ गतेको निर्देशनबमोजिम तत् निकायमा हाजिर निर्देशन दिइएकामा स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मतदान केन्द्र तथा मतगणना कार्यमा खटाउने प्रयोजनका लागि यही वैशाख १५ गतेभित्र अनिवार्यरूपमा हाजिर हुन पठाउने व्यवस्थाका लागि सरोकारवाला सबैमा निर्देशन दिइएको उल्लेख छ ।’

 

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्