Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् एकीकृत समाजवादीका महानगर र उपमहानगरका उम्मेद्‍वार

आज स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार दर्ता गर्ने अन्तिम दिन हो । त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले महानगरपालिका र उपमहानगरपालिकामा चुनावमा उठाउने उम्मेद्वार टुंग्याएको छ ।

पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेद्वार बन्‍ने भएका छन् । पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले पोखराको मेयरमा धनराज आचार्य, काठमाडौको उपमेयरमा रामेश्वर श्रेष्ठ,हेटौडाको मेयरमा मीना लामा तथा इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा क्रमश केशव विष्ट, चिनबहादुर गुरुङ र जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

समाजवादीले हेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार बनाउने भएको छ । महासचिव बेदुराम भुसालका अनुसार काठमाडौं महानगर र तीन वटा उपमहानगरपलिकामा पनि उपमेयर उम्मेदवारको टुंगो लागेको छ ।

एकीकृत समाजवादीले काठमाडौं महानगर रामेश्वर श्रेष्ठलाई उपमेयरको टिकट दिएको छ । इटहरी उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमेयरमा चिनबहादुर गुरुङ र तुल्सीपुर उपमेयरमा जोगबहादुर रानामगरले उम्मेदवारीको टिकट पाएका छन् ।

 

 

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्