Logo
८ बैशाख २०८१, शनिबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिकट लिने विषयमा विवाद हुँदा जसपा नेपालमा कुटाकुट, १० जना घाइते

जनता समाजवादी पार्टी नेपालको बैठकमा स्थानीय तहको निर्वाचनको टिकट लिने विषयमा नेता तथा कार्यकर्ताबीच कुटाकुट भएको छ ।

जनकपुरधामस्थित राजदरबार होटलमा आइतबार बिहान बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटपिट भएको हो ।

जसपा धनुषाका अनुुसार कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित १० जना नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ।

मधेश प्रदेश भरकै पालिकामा उम्मेदवारी छनोट निष्कर्षमा पुग्नका लागि बिहानदेखि बसेको बैठक स्थलमा आएर आकांक्षी उम्मेदवारहरूले टिकटका लागि नेताहरुलाई दवाव दिँदै आएका थिए ।तर नेताहरुले उनीहरुलाई टिकट नदिई अरुलाई दिएको भन्दै आक्रोशित कार्यकर्ताहरूको भिडले बैठकमा बसेका संघ सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव र गजाधर रोहिता यादवलगायतका शीर्ष नेताहरुको समेत उपस्थितिमा भइरहेको बैठकमा कुटपिट भएको थियो ।

उच्च स्रोतका अुनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापरि र शहिदनगर नगरपालिकाको टिकटको लागि बरुण यादवले नपाएको भन्दै आक्रोशित समर्थकहरुले विवाद निकाल्दै नेतामाथि हातपात गरेका थिए । सो क्रममा गजाधार यादव भने आक्रोशित यूवा कार्यकर्ताको निसानामा परेपछि उनी कुटिएका हुन् ।

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्