Logo
१५ चैत्र २०८०, बिहीबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरा मेयरमा एमाले उम्मेदवार दीपक पौडेलले सुन चोरेको भिडियो भयो भाइरल !

गण्डकी प्रदेश स्थित कास्कीको पोखरा महानगरको मेयरको लागि एमालेले टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तर‌ग फैलिएको छ ।

उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् ।

केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ ।

अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ ।एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले निकालिएको हो ।

उनको सामाजिक सन्जालमा भिडियोसहित आलोचना भइरहेको छ ।हिजै एमालेले उनलाई उम्मेदवार घोषित गरेको हो । भिडियो भाइरल भएसंगै उनको नैतिकतामा थुप्रै प्रश्न उठ्न थालेका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विशेष नजिक रहेका पौडेल पोखरेली राजनीतिमा भिजेका नेता मानिन्छन् ।

एमाले पोखरा नगर कमिटीले मेयरमा सिफारिस गरेका १२ जनामध्ये उनी सबैभन्दा कम चर्चामा थिए ।

 

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्