Logo
७ बैशाख २०८१, शुक्रबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आदर्शका लागि यी अभिनेत्रीले त्यागे करोडौँको विज्ञापन, आफ्नो भनाइको कारण ट्रोल भए अक्ष !

बलिउड सुपरस्टार अजय देवगन र शाहरुख खानसमेत रहेको विज्ञापनमा अक्षय कुमारमात्र ट्रोल हुनलाई अक्षय कुमारको एक पुरानो भनाई जिम्मेवार थियो।अक्षय कुमार पान मसालाको विज्ञापन गरेको कारणले ट्रोल भए ।

विज्ञापन सार्वजनिक भएपछि भाइरल भएको अक्षय कुमारको एक पुराना भिडियो उनले सुर्तीजन्य सामग्रीको विज्ञापनमा आफूले अभिनय नगर्ने बताएका छन्। यो उनको सिद्धान्तविपरित हुने भिडियोमा अक्षय कुमारले भनेको सुनिन्छ।

पुरानो भनाई बाहिरिएपछि अक्षय कुमारले विज्ञापनका लागि माफी मागेका छन् । यसअघि तेलुगु फिल्म उद्योगका सुपरस्टार तथा पुष्पा फिल्मका नायक अल्लु अर्जुनले पान मसाला ब्राण्डको विज्ञापन अस्वीकार गरेको कारण चर्चामा आएका थिए ।

आफ्नो सिद्धान्तविरुद्ध गएको अवस्थामा करोडौँको विज्ञापन अस्वीकार गर्ने हिन्दी फिल्म उद्योगका कलाकार अरू पनि छन्। यहाँ मुख्यतः व्यक्तिगत आदर्शविपरितका विज्ञापन अस्वीकार गर्ने अभिनेताको चर्चा गरिएको छस्

१. साई पल्लवीः एक भारतीयको रूपमा मेरो छालाको रंगजस्तो छ, त्यो सही छ
दक्षिण भारतीय अभिनेत्री साई पल्लवीले पनि सन् २०१९ मा फेयरनेस क्रिमको विज्ञापन गर्न अस्वीकार गरेकी थिइन् । यसका लागि उनले दुई करोडभन्दा बढी पारिश्रमिकको प्रस्ताव गरिएको थियो। साई पल्लवीले त्यसबेला विज्ञापन नगर्नुको कारण बताउँदै भनेकी थिइन्,‘ म फेयरनेस क्रिमको विज्ञापन गर्न सक्दिन किनकि एक भारतीयको रूपमा मेरो छालाको रंगजस्तो छ, त्यो सही छ। फेयरनेस क्रिमका विज्ञापनले महिलाहरुलाई गलत सन्देश दिन्छ। त्यसैले म यस्तो कुनै प्रकारको विज्ञापनको हिस्सा बन्न चाहँदिनँ।’

२ . कंगना रनौतः फेयरनेस क्रिम विज्ञापन अस्वीकार
‘तनु वेड्स मनु रिटर्नस् ’ सार्वजनिक भएपछि बलिउड अभिनेत्री कंगाना रनौतलाई अनुहार गोरो बनाउने दाबी गर्ने फेयरनेस क्रिमको विज्ञापनको अफर आएको थियो। तर कंगानाले यस्ता विज्ञापनले ‘गोरो छाला राम्रो हो’ भन्ने रंगभेदी सन्देश दिने भन्दै २ करोड भारुको अफर अस्वीकार गरेकी थिइन् ।

३. अनुष्का शर्माः नस्लवादलाई बढावा दिने विज्ञापनहरू गर्न सक्दिनँ
बलिउड अभिनेत्री अनुष्का शर्माले पनि फेयरनेस क्रिमको विज्ञापन गर्न अस्वीकार गरिसकेकी छिन् । सन् २०१५ मा अनुष्का शर्माले फेयरनेस क्रिमको विज्ञापन गर्न अस्वीकार गर्दै भनेकी थिइन्,‘समाजमा नस्लवादलाई बढावा दिने उत्पादनको विज्ञापन म गर्न सक्दिन।’

४ . स्वरा भास्करः गोरो छालालाई मानसिक कमजोरी भनिन्छ
बलिउड अभिनेत्री स्वरा भास्करले सन् २०१५ मा फेयरनेस क्रिमको प्रचार गर्न अस्वीकार गरेकी थिइन् । कालो छालाप्रति घृणाबाटै रंगभेद सुरु हुने बताउँदै ती विज्ञापनले त्यही काम गर्ने बताउँदै भाष्करले यस्तो विज्ञापन गर्न नसक्ने बताएकी थिइन्। छालाको रंगजस्तो भए पनि व्यक्तिले आफूलाई माया गर्नुपर्ने, सेतो छालाको पछाडि दौडिन नहुने भनेकी थिइन्।

५ . तपसी पन्नुः फेयरनेस क्रिमसँग जोडिनु भनेको नस्लवादलाई बढावा दिनु हो
अभिनेत्री तपसी पन्नुले पनि गोरोपनसम्बन्धि हरेक विज्ञापन गर्ने सबै उत्पादनहरूबाट दूरी राख्ने गर्छिन्। तपसीले मार्च २०१७ मा आयोजित एक कार्यक्रममा फोटो खिच्दा पृष्ठभूमिमा फेयरनेस ब्रान्ड राखिने थाहा पाएप्छि कार्यक्रमबाट नाम नै फिर्ता लिएकी थिइन् । तपसीले फेयरनेस क्रिमहरूसँग जोडिनु भनेको नस्लवादलाई बढावा दिनु हो भन्ने उनको विचार रहेको बताएकी छन्।

६. कल्की कोचलिनः सुन्दरतालाई ध्यान दिनुस् छालाको रङ होइन
सन् २०११ मा बलिउड अभिनेत्री कल्की कोचलिनले फेयरनेस क्रिमको विज्ञापन गर्न अस्वीकार गरिन्। त्यसबेला कल्कीले भनेकी थिइन्,‘ गोरा हुनु खराब त होइन, तर भारतमा गोरो रङ्गप्रति बलियो आकर्षण छ, जसका कारण हामी मान्छेको रङ मात्रै देख्छौँ । सुन्दरता गारो रंगका व्यक्ति मात्र होइन हरेक व्यक्ति हुन्छन्। हामीले सुन्दरतालाई ध्यान दिनुपर्छ, छालाको रंग होइन।

७. नन्दिता दासः ‘डार्क इज ब्यूटीफुल’ अभियन्ता
अभिनेत्री र फिल्म निर्माता नन्दिता दासले सन् २०१० मा फेयरनेस क्रिमको विज्ञापन मात्र अस्वीकार गरिनन्, ‘डार्क इज ब्यूटीफुल’ अभियानको हिस्सा बनेर कालो छालाको टोनलाई स्वीकार्नुपर्ने अभियान चलाएकी थिइन्।

८. माहिरा खानः करियरको शुरुदेखि नै फेयरनेस क्रिमको विज्ञापनलाई भनिन् ‘नो’
बलिउड फिल्म रईसमा देखिसकेकी पाकिस्तानी अभिनेत्री माहिरा खानले पनि रंगभेदको प्रचार गर्न अस्वीकार गरेकी छन्। उनले यो भन्ने साहस स्थापित भएपछि होइन, करियरको सुरुवाती दिनदेखि नै गरेकी थिइन् । स्रोत रातोपाती

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्