Logo
८ बैशाख २०८१, शनिबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा सवार ओखलढुंगाको सुनकोशी-६ घर भएका ३२ वर्षीय कमल आले मगर र २१ वर्षका गोपाल आले मगरको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार बिहान खहरे चोकबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा।५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।

मृतक मध्ये एकजना मोटरसाइकल चालक हुन् । तर, कसले मोटरसाइकल चलाएका थिए भन्ने खुल्न सकेको छैन् ।दुर्घटनापछि उपचारको क्रममा ट्रमा सेन्टरमा उनीहरुको मृत्यु भएको हो ।

उनहरु दुवैजना बौद्धको नयाँ बस्तिमा बस्दै आएका थिए । दुर्घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्