Logo
११ बैशाख २०८१, मंगलबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधानसँग बाँझिएका कानुनको खारेजीकोे माग गर्दै नगरपालिकाहरुले दर्ता गरेको रिटमाथि सुनुवाइ

सर्वोच्च अदालतमा संविधानसँग बाँझिएका कानुनहरू खारेजीको माग गर्दै नगरपालिकाहरुले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ ।

सर्वोच्च अदालतमा त्यो निवेदन शुक्रवारको संवैधानिक इजलासमा पहिलो पटक सुनुवाइ सुरु भएको हो । संविधान जारी भएको साढे ६ वर्ष बितिसक्दा पनि पुराना कानुन खारेज नभएको भन्दै देशभरका नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका सङ्घले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो ।

सुरुमा नगरपालिका सङ्घले संविधानसँग बाझिएका कानुन खारेज गर्न माग गरेको तर वर्षौसम्म पनि सुनुवाइ नभएकाले खारेजीको माग गरेर कानुनी उपचारमा जाने निर्णय भएको नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताए ।

नगरपालिका सङ्घले संविधानको धारा ३०४ को कार्यान्वयनको माग मुख्यरुपमा उठाएको हो ।  संविधानको धारा ३०४ मा संविधान जारी भएर पहिलो संसद् बसेको एक वर्षसम्म पुरानै कानुन कायम हुने र त्यसपछि बाझिएको हदसम्म पुराना कानुन अमान्य हुने व्यवस्था थियो ।

तर वर्षौसम्म पनि पुराना कानुन संशोधन नभएको र त्यसले गर्दा स्थानीय तहका कैयौ हक अधिकार कटौती भएको दाबी गर्दै नगरपालिकाहरुले कानुनी उपचार खोज्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्