Logo
७ बैशाख २०८१, शुक्रबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेप्सिकोलामा रोकिराखेको जिपमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु,१ घाइते

काठमाडौंको पेप्सिकोलामा रोकिराखेको जिपमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोकिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक उपचारका क्रममा पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् ।घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलालीका १८ वर्षीय जगदीश शाहीको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल गएराती पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो ।

जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्