Logo
१२ बैशाख २०८१, बुधबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपालाई जनकपुर उपमहानगर दिइएपछि कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिँदै

मधेश प्रदेश अन्तरगत धनुषाको जनकपुर उपमहानगर जसपालाई दिइएपछि नेपाली कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिने भएका छन् ।

कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका हुन् । सत्ता गठबन्धनले गरेको भागबन्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली कांग्रेसका नेताहरुले शुक्रबार सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै छन् ।

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्