Logo
१५ चैत्र २०८०, बिहीबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सगरमाथा अक्सिजन प्लान्ट विष्फोट घटनाको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले बिहीबार बिहान ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन गर्न निर्देशन दिएका हुन्।

ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। घाइते एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ।

अक्सिजन भर्ने क्रममा प्लान्टमा बिहीबार बिहान एक्कासी विष्फोट भएको थियो। अहिले प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकलाई उद्धार गरिरहेको छ।

 

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्