Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुपरस्टार यशको केजीएफ-२ ले एकपछि अर्को रेकर्ड तोड्दै, बाहुबलीलाई पनि उछिन्यो

google

अहिले फिल्मी दुनियाँमा जताततै फिल्म केजीएफ-२ को चर्चा चलिरहेको छ । साउथ फिल्मका सुपरस्टार यश आफ्नो भर्खरै रिलिज भएको फिल्म ‘केजीएफ-२’ ले एकपछि अर्को रेकर्ड तोड्दैछ ।

मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै १०० करोडको बजेटमा बनेको ‘केजीएफ-२’ ले ६ दिनमा अहिलेसम्म ६७६।

८० करोड रुपैयाँको ग्रस वर्ल्ड वाइड बक्स अफिस कलेक्सन गरेको बताएका छन् । योसँगै ‘केजीएफ-२’ प्रभासको ‘बाहुबली-१’ को ६ दिनमा लाइफटाइम ग्रोस (रु ६५० करोड)व्यापारलाई पछि पार्दै अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने आठौँ भारतीय फिल्म बनेको छ।

मनोबाला विजयबलनले भनेका छन् ‘केजीएफ-२’ ले छैटौं दिन अर्थात मंगलबार ५१.६८ करोडको ग्रस वर्ल्ड वाइड व्यापार गरेको छ । यसअघि फिल्मले विश्वभर ७३.२९ करोड, चौथो दिन (आइतबार)१३२.१३ करोड, तेस्रो दिन (शनिबार) ११५.०८ करोड, दोस्रो दिन (शुक्रबार) १३९.२५ करोड र पहिलो दिन (बिहीबार) १६५.३७ करोडको व्यापार गरेको थियो ।

]‘केजीएफ–२’ को हिन्दी संस्करणले छैटौं दिन भारतमा १९.१४ करोडको व्यापार गरेको तरणले बताए । यसअघि फिल्मको हिन्दी संस्करणले पाँचौं दिन २५.५७ करोड, चौथो दिन ५०.३५ करोड, तेस्रो दिन ४२.९० करोड, दोस्रो दिन ४६.७९ करोड र पहिलो दिन ५३.९५ करोड कमाएको थियो ।

‘केजीएफ-२’ को हिन्दी संस्करणले ६ दिनमा २३८ करोड कमाएको छ । तरण आदर्शले पोस्ट सेयर गर्दै ‘केजीएफ–२’ को हिन्दी संस्करणले ६ दिनमा मात्रै भारतमा २३८.७० करोडको व्यापार गरेको बताए ।तरणका अनुसार सातौं दिन अर्थात बुधबार फिल्मले ‘बाहुबली २’ ले २ सय ५० करोडभन्दा बढीको व्यापार गरेर पहिलो हप्ताको कमाईको रेकर्ड तोड्ने छ । योसँगै ‘केजीएफ-२’ २५० करोडको आँकडा पार गर्ने पहिलो हिन्दी फिल्म पनि बन्नेछ ।एजेन्सी

 

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्