Logo
८ बैशाख २०८१, शनिबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डब्लुएचओका महानिर्देशक डा.टेड्रोस आज नेपाल आउँदै

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोभ गेहब्रेयसस आज नेपाल आउँदै छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी दिउँसो सवा १२ बजे नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने छन् ।

त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् । स्वास्थ्यमन्त्री खतिवडा, परराष्ट्रमन्त्री खड्का र राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासँग आज भेटवार्ताको कार्यक्रम छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग भोली भेट हुनेछ ।

भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ । त्यस्तै हनुमानढोका दरबार स्क्वायर, पाटन हाइस्कुलको पनि अवलोकन गर्ने तालिका रहेको छ । भ्रमण सकेर महानिर्देशक गेहब्रेयससको टोली शनिबार बिहान फर्कनेछ ।

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्