Logo
८ बैशाख २०८१, शनिबार
(April 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन आफ्नो विवाहमा बेहोस भएका थिए ऋषि कपुर ? यस्तो छ कारण !

बलिउडका स्वर्गीय अभिनेता ऋषि कपुर र नितू कपुरको जोडी बलिउडका एभरग्रीन जोडीको सूचीमा समावेश रहनेछ । रणबीर र आलियाको विवाह अघि आज हामी तपाईंलाई नितू कपुर र ऋषि कपुरको विवाहसँग जोडिएको एउटा रोचक जानकारी सुनाउँदैछौँ ।

ऋषि कपुर र नितू कपुरजस्तै अब आलिया भट्ट र रणबीर कपुर पनि प्रेमको एउटा नयाँ कथा लेख्दैछन् । यी दुई छिट्टै नै विवाह बन्धनमा बाँधिएर आफ्नो प्रेमलाई अर्को नाम दिनेछन् ।

रणबीर कपुरका पिता ऋषि कपुरले फिल्म बबीबाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्मपछि अभिनेता रातारात स्टार भएका थिए । ऋषि कपुरको चार्मिङ पर्सनालिटीले थुप्रै युवतीको मन जितेको थियो ।

तर ऋषि कपुर नितू कपुरसँगको प्रेममा परे । ऋषि कपुरले जब नितूलाई डेट गर्न सुरु गरेका थिए तब उनी एक सफल अभिनेता थिए । यी दुईको सम्बन्ध निकै विशेष थियो । ऋषि कपुर र नितू कपुरले २२ जनवरी सन् १९८० मा विवाह गरेका थिए ।

विवाहको दिन बेहोस भएका थिए ऋषि कपुरः

कपुर खानदानको यो विवाहमा देशका साथै विदेशका थुप्रै चर्चित हस्ती पनि समावेश भएका थिए तर यसैबीच केही यस्तो घटना घट्यो कि सबैजना आत्तिए ।

एक अन्तरवार्ताका बेला नितू कपुरले विवाहका बेला आफू र ऋषि कपुर बेहोस भएको बताएकी थिइन् । यद्यपि, दुईजना बेहोस हुनुका कारण भिन्न भिन्न थिए ।

नितू कपुरले आफ्नो अन्तरवार्तामा यो किस्साबारे जानकारी दिँदै भनेकी थिइन्, ‘म र ऋषि कपुर हाम्रो विवाहमा बेहोस भएका थियौँ । मेरो लेहेङ्गा असाध्यै भारी थियो र विवाहमा असाध्यै धेरै मानिसको उपस्थिति थियो । मेरा लागि यो सबै सहन मुश्किल भएको थियो । मेरा श्रीमान् ऋषि कपुर मानिसको भीड देखेर बेहोस भएका थिए । ऋषि कपुर घोडा चढ्नु अघि बेहोस भएका थिए । पछि हामी ठिक भएपछि मात्रै हाम्रो विवाहको कार्यक्रम सुरु भयो ।’

 

प्रकाशित मिति: Apr 18, 2022

प्रतिक्रिया दिनुहोस्