Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले भने : ‘भरतपुर र रेणु नै नभई भएन भन्ने हाम्रो अडान होइन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरूले अडान नराखेको बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भरतपुर र रेणु दाहालमा आफूले अडान नलिएको दाबी गरे । उनले भने, ‘भरतपुर नै नभई भएन रेणु नै नभई भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौँ दिने भए पनि ठिक छ, विराटनगर भने पनि ठिकै छ ।’

तर विगतको चुनावमा माओवादी केन्द्रले जितेको हुनाले माओवादी केन्द्रले भरतपुर लिँदा नै उपयुक्त हुने प्रचण्डले बताए ।

अर्थमन्त्री जर्नादन शर्मा फरिने विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको बताएका छन् । हाल माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री छन् ।

गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन गरेपछि हाल उनी निलम्बित अवस्थामा छन् ।गभर्नर निलम्बनको विषयलाई लिएर मन्त्री शर्माको आलोचना भइरहेको छ ।

 

प्रकाशित मिति: Apr 18, 2022

प्रतिक्रिया दिनुहोस्