Logo
८ बैशाख २०८१, शनिबार
(April 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेठको तेस्रो सातादेखि ११ कक्षाको परीक्षा सञ्चालन हुने

जेठको तेस्रो सातादेखि ११ कक्षाको परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा हुने भएकोले त्यससँग नजुध्ने गरी सञ्चालन गर्ने/गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।

बोर्डले एक सूचना जारी गर्दै २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भईरहेको जनाएको छ ।

बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७’ को परिच्छेद ७ को दफा ९ को ४ (१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापन/शाखा कार्यलयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराईने जानकारी दिएको छ ।

विद्यार्थीले कक्षा ११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था रहेको छ । सोही सम्बन्धमा कार्यविधिको परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकोछ ।

बोर्डले सोही अनुसार परीक्षा गर्न/गराउन निर्देशन दिएको हो ।

प्रकाशित मिति: Apr 17, 2022

प्रतिक्रिया दिनुहोस्