Logo
१५ चैत्र २०८०, बिहीबार
(April 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नितू कपुरले ऋषि कपुर सम्झिइन् भनिन् : ‘आज तपाईंको इच्छा पूरा भयो’

बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्ट बिहिबार आफ्नो परिवार र साथीबीच विवाह बन्धनमा बाँधिएका छन् । विवाहपछि रणबीरकी आमा नितू कपुरले आफ्ना दिवंगत श्रीमान् ऋषि कपुरलाई स्मरण गर्दै सोसल मिडियामा छोरासँग एउटा फोटो सेयर गरिन् ।

नितूले फोटो सेयर गरेर क्याप्सनमा लेखिन्, ‘यो फोटो कपुर साहब (ऋषि कपुुर) लाई समर्पिात छ।… आज तपाईंको इच्छा पूरा भएको छ ।’ यो फोटोमा प्रशंसकदेखि सेलिब्रिटीसम्मले कमेन्ट गरिरहेका छन् ।

यो फोटोमा एक प्रशंसकले कमेन्टमा लेखेका छन्, ‘म विश्वस्त छु कि तपाईंका प्रिय कपुर साहब असाध्यै खुसी हुनु भएको होला ।’ अर्काले लेखे, ‘नितू जी ऋषि कपुर असाध्यै खुसी हुनुभएको होला, हामी पनि असाध्यै खुसी छौँ । ’ यस्तै, अर्का प्रशंसकले लेखे, ‘यदि आज ऋषि कपुर साहब हामीबीच हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला ।’

रणबीर-आलिया र ऋषि नितूको कोलाज भइरहेको छ भाइरल :

रणबीर र आलियाको विवाहमा यस्तो धेरै कुरा भयो जसमा ऋषि र नितूको विवाह कार्यक्रममा भएको थियो । विवाहपछि दुबैले मज्जाले पार्टी गरे जहाँ दुबैले केक काटेको फोटो सार्वजनिक भयो ।

यस्तै, अर्को एउटा फोटो सार्वजनिक भएको छ जसमा दुबैजना चियर्स गरेर श्याम्पेन पिइरहेको देखिएका छन् । यस्तै, अब सोसल मिडियामा एउटा कोलाज भाइरल भइरहेको छ जसमा ४२ वर्ष अघि नितू र ऋषिले यस्तै गरेका थिए । यी दुईले २२ जनवरी सन् १९८० मा विवाह गरेका थिए । रातोपाटी

 

प्रकाशित मिति: Apr 17, 2022

प्रतिक्रिया दिनुहोस्