Logo
८ बैशाख २०८१, शनिबार
(April 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख ९ देखि एसईई सञ्चालन, ५ लाख १४ हजार परीक्षार्थी सहभागी

वैशाख ९ देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने हुने भएको छ ।कोरोनाका कारण दुई बर्षदेखि हुन नसकेको कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको एसईई आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको हो ।यसपालिको एसईईमा परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थी सहभागी हुनेछन् ।

शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोनाका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलेको जस्तै एसईई सञ्चालन हुने बोर्डले जनाएको छ ।

प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

परीक्षामा देशभरका ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थी सहभागी हुँदै छन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुनेछन् ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले जनाए । ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् ।

गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन । प्राविधिक धारमा कक्षा सञ्चालन गरिरहेका मुलुकभरका २ सय ९९ वटा विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थीले पनि एसईई दिँदै छन् ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए ।

‘प्रश्नपत्र केन्द्रले तयार पारेर जिल्लामा पठाएको छ, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षणको काम प्रदेशको समन्वयमा हुन्छ,’ उनले भने, ‘प्रदेशले विद्यार्थीको प्राप्तांक पठाएपछि रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्छ ।’ साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको उनले बताए ।

‘विगतमा भन्दा एक महिना ढिला परीक्षा सुरु हुन लागेको छ तर पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रमा असर नपुगोस् भनेर सचेत छौं,’ उनले थपे । गत वर्ष शैक्षिक सत्रको सुरुवातमा कोरोना महामारीको तेस्रो लहरले पठनपाठन प्रभावित भएकाले चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षारभर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १-१० को आगामी शैक्षिक सत्र सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।

एसईईको नतिजा मुलुकभर एकैपटक सार्वजनिक गर्ने वा प्रदेशगत रूपमा गर्ने भन्ने निष्कर्षमा पुगिनसकेको बोर्डका अध्यक्ष शर्माले जनाए ।

प्रदेशले परीक्षा सञ्चालनपछि उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणको काम सकेर बोर्डले पठाउने जिम्मेवारी दिएको छ । प्रदेशले बोर्डको प्रदेश कार्यालयको समन्वयमा परीक्षाका काम गर्नेछन् ।

 

 

प्रकाशित मिति: Apr 17, 2022

प्रतिक्रिया दिनुहोस्