Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्जुन दास हत्याका फरार अभियुक्तहरु बेलहिया नाकाबाट पक्राउ

सुदूरपश्चिम प्रदेश स्थित कैलालीमा अर्जुन दासको हत्या आरोपमा चारजनालाई महाननगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई रुपन्देहीको सिदार्थनगर नगरपालिका-१ बेलहिया सीमानाकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका-९का १९ वर्षीय मनोज भण्डारी, जानकी गाउँपालिका-९ कै १९ वर्षीय रोनी परियार भन्‍ने दिलिप दास, सोही गाउँपालिकाका बमे भन्‍ने १९ वर्षीय बमबहादुर बोहोरा र १९ वर्षीय सुमित साउद रहेका छन् ।

कैलालीको जानकी गाउँपालिका-९को अमरावती सामुदायिक वनमा अर्जुन दासको घाँटी रेटेर हत्या भएको थियो।

 

 

प्रकाशित मिति: Apr 15, 2022

प्रतिक्रिया दिनुहोस्