Logo
६ बैशाख २०८१, बिहीबार
(April 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीवाईसी नेपालको आईपीओको बिक्री खुला

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले कुल निष्कासनमध्ये पाँच प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर नागरिकलाई छुट्याइएको छ ।

नागरिकले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

साथै निष्कासन गरिएको शेयर खरिदका लागि यही वैशाख ६ गतेसम्म आवेदन दिन सकिने र यस समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

नागरिकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनबाट ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सकिने कम्पनीको सार्वजनिक सूचनामा उल्लेख छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बीबी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ । रासस

प्रकाशित मिति: Apr 15, 2022

प्रतिक्रिया दिनुहोस्