Logo
१३ बैशाख २०८१, बिहीबार
(April 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवलपरासीमा बस र ट्रक ठोक्किँदा २६ जना घाइते

काठमाडौं : पूर्वी नवलपरासीको दाउन्नेदेवी मन्दिरनजिकै बस र ट्रक ठोक्किँदा २६ जना घाइते भएका छन् ।विनयी त्रिवेणी गाउँपालिका–-२ विश्वकर्मा मन्दिरनजिकै आज बिहान भएको दुर्घटनामा बस चालकसहित २६ जना घाइते भएका हुन्।

पश्चिमबाट पूर्व आउँदै गरेको लु‍१ख ७८५९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको लु२ख ८४० नम्बरको ट्रक एक आपसमा ठोकिएका हुन् ।

घाइतेहरूमध्ये १० जनाको चितवनको पुरानो मेडिकल कलेजमा र बाँकी १६ जनाको मध्य बिन्दु जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको छ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: Apr 14, 2022

प्रतिक्रिया दिनुहोस्