Logo
८ बैशाख २०८१, शनिबार
(April 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोयोटाले सार्वजनिक गर्यो इलेक्ट्रिक एसयूभी बीजेड४एक्स कार, यस्ता छन् विशेषता !

टोयोटा कम्पनीले आफ्नो पहिलो अल इलेक्ट्रिक एसयूभी बीजेड४एक्स सार्वजनिक गरेको छ । सो इलेक्ट्रिक कारले हुन्डाई आयोनिक ५ र किया ईभी६ सँग प्रतिस्पर्धा गर्नेछ ।

यो जापानको टोयोटाको प्लान्टमा निर्माण हुनेछ । यसको प्रारम्भिक मूल्य ४२ हजार डलर तोकिएको छ ।सो इलेक्ट्रिक कार ई–टीएनजीए प्लेटफर्ममा आधारित छ । पहिलो वर्षमा सो एसयूभी ५ हजार युनिट बिक्री गर्ने अपेक्षा गरिएको छ ।

यो इलेक्ट्रिक कार नेपाली बजारमा समेत आउने अपेक्षा गरिएको छ ।टोयोटाको बीजेड४एक्सको ह्विलबेस १५ सेन्टिमिटर लामो र ५ एमएम चौडा छ ।

टोयोटाले सो इलेक्ट्रिक एसयूभी मिड साइजको सेगमेन्टमा सबैभन्दा ठूलो लेग रुम उपलब्ध गराएको दाबी गरेको छ । टोयोटाले सो कारमा फ्रन्ट ह्विल ड्राइभ र अल ह्विल ड्राइभ दुवै सिस्टममा उपलब्ध गराइएको छ ।

कारको सेन्टर कन्सोलमा स्मार्टफोनको लागि वायरलेस चार्जिङ, यूएसबी सी र ए पोर्टको साथै ठूलो १२।३ इन्चको मल्टिमिडिया सिस्टममा उपलब्ध छ ।

कारमा टोयोटाले ९ स्पिकर जेबीएल स्पिकर सिस्टम जोडेको छ, जसलाई ८ च्यानल ८०० डब्ल्यु एम्पलीफायर र ९ इन्च सबवुफरसँग जोडिएको छ ।

बीजेड४एक्स इलेक्ट्रिक कार २ भेरिएन्टमा रहेको छ । एफडब्ल्युडी भेरिएन्टले २०१ एचपीको पावर र एडब्ल्युडी भेरिएन्टले २१४ एचपीको पावर जेनेरेट गर्ने क्षमता रहेको छ ।

एफडब्ल्युडी भेरिएन्टले ७ सेकेन्डमा र एडब्ल्युडी भेरिएन्टले ६.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमता रहेको छ ।

एफडब्ल्युडी मोडेल ५५९ किलोमिटरको रेन्ज र एडब्ल्युडी ५४० किलोमिटरको रेन्ज रहेको छ । टोयोटाले धेरै चार्जिङ विकल्पहरू सहित बीजेड४एक्स पेश गरेको छ ।

यसमा १२० भी र २४० भी चार्जरको साथै डीसी फास्ट चार्जरहरु समावेश छन् । ६.६ किलोवाटको चार्जरबाट बीजेड४एक्स ९ घन्टामा फुल चार्ज गर्न सकिन्छ । नेपाल अटो

प्रकाशित मिति: Apr 14, 2022

प्रतिक्रिया दिनुहोस्