Logo
७ बैशाख २०८१, शुक्रबार
(April 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलिया रणबीरको विवाह आज हुँदै, परखाईको घडी समाप्त

बलिउड अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह हुन गइरहेको छ । लामो समयदेखि प्रेममा रहेको रणवीर र आलिया आज विवाह गर्न गइरहेका छन् ।

बलिउडमा उनीहरुको विवाहको चर्चा लामो समयदेखि चलेता पनि विवाह हुन सकेको थिएन र उनीहरुको फ्यानहरले विवाहको लागि प्रखेर बसिरहेका थिए अब त्यो खडिको अन्त्य भएको छ ।

आज उनिहरुले सामाजिकरुपमा नै सात फेरा लिइ लगन गाठो कस्दै छन् । उनीहरुको १३अप्रिलमा मेन्दी रहेको थियो जसमा करीना कपुर, करिश्मा कपुरदेखि पुजा भट्टने मेहन्दी लगाएका थिए । उनीहरुको आज विवाहको लागि सम्पूर्ण लयारी पुरा भइसकेको छ ।

रणबीर कपुरकी आमा र पुरानो समयकी अभिनेत्री नितू कपुर र उनको परिवार विवाहका कार्यक्रम आयोजनाका लागि व्यस्त छन् ।रणबीर कपुरकी दिदी रिद्धिमा कपुर साहनी र उनका भिनाजु भारत साहनी दिल्लीबाट मुम्बई पुगिसकेका छन् ।

यी कार्यक्रमको सुरुवात पुजाबाट भएको छ ।कपुर परिवारले बुधबारको पूजा बान्द्राको पाली हिलस्थित वास्तु बिल्डिङमा राखेका थिए ।

यो बिल्डिङमा रणबीर कपुर आठौँ तलामा बस्छन् र आलिया भट्ट पाँचौ तलामा बस्छिन् ।यो पूजामा कपुर परिवार र भट्ट परिवारका नजिकका व्यक्ति समावेश भएका थिए । बुधबार बेलुका मेहन्दी कार्यक्रम पूरा भएको छ । मेहन्दीपछि हल्दी र सङ्गीतको कार्यक्रम हुनेछ ।

करिब चार वर्षदेखि रणबीर र आलियाको विवाहबारे मानिसहरु कुरा गरिरहेका थिए तर अब यी सबैमाथि दुबैले पूर्णविराम लगाइदिएका छन् ।

रणबीर र आलियाका विवाह हुँदैछ । यी दुईको विवाहका कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।

 

प्रकाशित मिति: Apr 14, 2022

प्रतिक्रिया दिनुहोस्