Logo
१५ चैत्र २०८०, बिहीबार
(April 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

मधेश प्रदेश स्थित बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् ।गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका जिपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । आज बिहान पौने ९ बजे सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगन्जले जनाएको छ ।

 

प्रकाशित मिति: Apr 14, 2022

प्रतिक्रिया दिनुहोस्