Logo
४ बैशाख २०८१, मंगलबार
(April 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेगवे-नाइनबटको स्मार्ट ईलेक्ट्रिक स्कुटर ई-१२५ नेपाली बजारमा सार्वजनिक

छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे-नाइनबटले नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई-१२५ सार्वजनिक गरेको छ ।

सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च विक्री हुने ई-स्कुटर ब्रान्ड हो । नेपालमा नाईनबटका लागि आधिकारिक बिक्रेता आईहव प्रालिले सो स्कुटर नेपाली बजारमा उपलब्ध गराएको र भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरु पनि सार्वजनिक गर्ने बताएको छ ।

ईलेक्ट्रिक स्कुटर ई-१२५ सयुक्त राज्य अमेरिकाको मोबिलिटी ईनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो ।

२०२० रेड डट डिजाइन अवार्ड विजेता यो इलेिक्ट्रक स्कुटर सेगवे नाइनबटद्वारा बनाइएको ई श्रृङखला अन्तर्गतको यो पहिलो स्कुटर हो ।

यो ईलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरुले सुसज्जित छ । प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको छ ।

प्रति घण्टा ७५ किमीसम्म कुद्ने सेगवे ई-१२५ मा अधिकतम २,४०० वाट बोस इलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउँछ ।

ड्राइभिङ दायराका लागि ७४ भोल्ट र २७ एएच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५-६ घण्टा रहेको छ जसमा स्कुटरको लागि डबल ब्याट्री स्पेस पनि छ ।

स्कुटर सँगै सिङ्गल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सक्ने बताइएको छ ।बोसको १०औँ पुस्ताको डुअल च्यानल एबिएस ब्रेकले सुसज्जित यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधा प्रदान गर्दछ ।

सुन्दर देखिने डिजिटल ड्यासबोर्डले प्रयोगकर्तालाई उच्च सुविधाहरु प्रदान गर्दछ ।आईपी एक्स५ वाटरप्रुफ सेगवे ई-१२५ पानीमा पनि सजिलै चलाउन सकिन्छ ।

साथै, जहाँ अधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरु कुदाउन सकिंदैन, त्यहाँ सेग्वे ई-१२५ सजिलै चलाउन सकिने कम्पनीले बताएको छ ।

सेगवे इ-१२५ दूई भिन्न आकर्षक रंगहरुमा उपलब्ध छ -सेतो र ग्रे । यो स्कुटरको मूल्य ३ लाख ९१ हजार रुपैयाँ तोकिएको छ । नेपाल अटो

 

प्रकाशित मिति: Apr 12, 2022

प्रतिक्रिया दिनुहोस्