Logo
८ बैशाख २०८१, शनिबार
(April 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधान सेनापति र भारतीय सेनाका Lieutenant General बीच भेटघाट

प्रधान सेनापति र भारतीय सेनाका Lieutenant General बीच भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाका Director General of Assam Rifles, Lieutenant General Pradeep Chandran Nair, Ati Vishisht Seva Medal (AVSM), Yudh Seva Medal (YSM) बीच आज जंगी अड्डामा भेटघाट भएको छ ।

जंगी अड्डा, भद्रकालीस्थित प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति: Apr 12, 2022

प्रतिक्रिया दिनुहोस्