Logo
७ बैशाख २०८१, शुक्रबार
(April 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरको जनसमाजमा देखियो बिस्केट जात्राको रौनक !

भक्तपुरमा बिस्केट जात्राको रौनक देखिएको छ । भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेकोे लिच्छविकालीन बिस्केट जात्रा आइतबारदेखि सुरु भएको हो ।

विस्केट जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गरिन्छ । यो जात्रा नयाँ बर्षको चार दिन अगाडिदेखि सुरु भइ नयाँ बर्षको ५ दिनसम्म सञ्चालन हुने गर्छ ।

रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्याएपछि जात्राको पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ । जात्राको क्रममा यो महिनाको मसान्तमा लिङ्गो उठाइनेछ ।

चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवमा गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ ।

यो महिनाको मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुकी लिङ्गो ढाल्ने परम्परा छ ।

त्यस्तै, भक्तपुरको कुम्हा टोलमा आउँदो ३० गते हात नभएको लिङ्गो ठड्याउने गरिन्छ । हात नभएको लिङ्गो आउँदो वैशाख ५ गते ढालेपछि यस वर्षको भक्तपुरको बिस्केट जात्रा सकिनेछ ।

परापूर्वकालदेखि चलिआएको प्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरवको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्रले लैजान सके क्वाछेँ, साकोथा, सुकुलढोका, गोलमढी, दत्तात्रयसम्म पुर्याइ फर्काउने प्रचलन छ ।

प्रकाशित मिति: Apr 11, 2022

प्रतिक्रिया दिनुहोस्