Logo
१३ बैशाख २०८१, बिहीबार
(April 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका पुर्याइयाे

सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरव अघि पुर्याइएको छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीन धारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा दोस्रो दिन अर्थात रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्याउने गरिन्छ ।

रथयात्राको तेस्रो दिन आज हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिने सेतो मच्छिन्द्रनाथका पुजारी, समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिए ।

आज चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने छ भने भोलि रथलाई लगनको सेतो मच्छिन्द्रनाथको आमाको मन्दिर रहेको रुखमा तीन चोटी घुमाइनेछ।

पर्सि मूर्तिलाई रथबाट निकालेर खटमा राखेर असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छिन्द्रबहालमा रहेको मन्दिरमा फर्काइनेछ भने यससँगै सेतो मच्छिन्द्रनाथको जात्रा सकिनेछ।

 

प्रकाशित मिति: Apr 11, 2022

प्रतिक्रिया दिनुहोस्