Logo
१२ बैशाख २०८१, बुधबार
(April 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगञ्जमा कारको ठक्करबाट सडकमा हिँडिरहेका तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश अन्तरगत बाँके जिल्लाको नेपालगञ्जस्थित बिपी चोक नजिकै कारको ठक्करबाट तीन जना पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज–११ बस्ने ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीया अली अन्सारी र ५ वर्षकै कसिम इद्रिसी छन् । आइतबार राति उनीहरु सडकमा हिँडिरहेको अवस्थामा कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइतेहरूलाई कार चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

मृतकहरु मुस्लिम समुदायको भएकाले रोजा बसेकाले रातिमा सामान्य रुपमा हिँड्ने गर्छन् । सोही क्रममा उनीहरुलाई प्रदेश ३९०१९२३ च ८४८१ नम्बरको कारको ठक्कर दिएको थियो । कारका चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Apr 11, 2022

प्रतिक्रिया दिनुहोस्