Logo
८ बैशाख २०८१, शनिबार
(April 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२९ चैतभित्र लोसपाका सबै उम्मेदवार सिफारिस गर्न ठाकुरको निर्देशन

लोकतान्त्रिक समाजवादी पार्टीले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसीमा तोकेका हुन् ।

‘२४/२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन् ।कमिटीले २९ गतेभित्र सबै तहका उम्मेदवार सिफारिस गरिसक्ने छन्,’ केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झाले जानकारी दिए ।

उनले २९ गतेभित्र सबै स्थानका उम्मेदवार सिफारिस भइसक्ने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति: Apr 10, 2022

प्रतिक्रिया दिनुहोस्