Logo
७ बैशाख २०८१, शुक्रबार
(April 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिथिलामा भव्यताका साथ रामनवमी मनाइँदै

भग्वान रामको जन्मदिनकओ स्मरणमा आज जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात रामनवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा पूजाआराधना गर्ने श्रधालु भक्तजनको घुइँचो लागेको छ ।

रामनवमीको अवसरमा जानकी मन्दिरले विभिन्न कार्यक्रम आयोजना गरको छ ।त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भग्वान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।

आजको दिन रामको स्मृतिमा हिन्दुधर्मावलम्बीहरुले पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान एवं ब्रत बस्ने गर्दछन् । रामगीता पाठ, अध्यात्म वाल्मीकी र तुलसीकृत-रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरि रात भरि भजनकीर्तन र जाग्राम बस्ने परम्परा पनि आजको दिनमा रहिआएको छ ।

भगवान विष्णु सातौ अवतारको रुपमा अयोध्याका राजा दशरथको जेष्ठ पुत्रको रुपमा जन्म लिएका रामको विवाह मिथिलाका राजा जनककी सुपुत्री सीतासँग भएको थियो ।

संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश तथा आफ्नो पिता दशरथको कठोर आज्ञाको सहजतापूर्वक पालन गरि मानव जातीलाई सत्यको मार्गमा हिड्न प्रेरणा दिएको रामायणमा उल्लेख छ ।

रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धामिर्क ग्रन्थहरुमा उल्लेख गरिएका छ । यो पर्व चैती नवरात्रीको बीचमै परेको हुनाले आजको दिन भगवान रामको साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजा अर्चना गरिन्छ ।

रामनवमीको दिन जनकपुरमा मेला समेत लाग्ने गर्दछ । मेलामा सहभागी हुन आउने नेपाल तथा भारतका हजारौं श्रधालुहरुको जनकपुर आउने गर्दछन् ।

रामनवीको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिँदै आएको छ । आज पनि सार्वजनिक विदा रहेको छ । यस्तै नरसिंह युवा क्लबले जनकपुरको रामानन्दचोक स्थित चैत्र नवमीको अवसरमा दुर्गा पूजा एवं मेला अयोजन गरेको छ ।

प्रकाशित मिति: Apr 10, 2022

प्रतिक्रिया दिनुहोस्