Logo
७ बैशाख २०८१, शुक्रबार
(April 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा कांग्रेसले चु्नावमा एक्लै लड्ने भनेपछि सत्ता गठबन्धन धरापमा

नेपाली कांग्रेसले कतिपय स्थानीय तहमा एक्लै लड्ने बताएपछि चुनाबी तालमेल गरेर जाने केन्द्रको निर्णय धरापमा परेको परेको छ ।

सत्ता गठबन्धनले केन्द्रमा चुनावी तालमेलको पक्षमा अपिल जारी गर्ने निर्णय भएका बेला मोरङमा भने गठबन्धन भाडिँने तहमा पुगेको हो।

कांग्रेसले बिराटनगर महानगरपालिकासहित सुनबर्षी गाउँपालिकामा एक्लै चुनावमा जाने निर्णय गरिसकेको छ ।
कांग्रेसले एमालेले जितेका स्थानीय तह पथरी शनिश्चरे, बेलबारी नगरसहित कानेपोखरी गाउँपालिका, ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा मात्र गठबन्ध दलसंग चुनाबी तालमेल गर्ने प्रस्ताव अघि सारेको छ।

२०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेसले बिराटनगर महानगरसहित उर्लाबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरपालिकासहित कटहरी, केराबारी, धनपालथान गाउँपालिका जितेको थियो। बुढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वमा रहेको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो।

गच्छदारको दल कांग्रेसमा समाहित भएपछि अहिले मोरङमा १० स्थानीय तह कांग्रेसको नेतृत्वमा छन् ।कांग्रेसले बिराटनगरमहानगरपालिका र सुनबर्षी नगरपालिकामा चुनाव एक्लै लड्ने निर्णय गरेपनि अरु जितेको स्थानीय तहमा भने के गर्ने बिषयमा निर्णयमा भने पुगिसकेको छैन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बुले बिराटनगरसहित केही स्थानीय तहमा चुनावी तालमेल आवश्यक नरेकाले कांग्रेस एक्लै चुनावमा जाने कुरा निर्णय भएको भएपनि अन्य स्थानीय तहको हकमा के गर्ने भनेर जिल्ला समितिको बैठक बसिरहेको बताए ।

उनले केन्द्रमा पनि आवश्यकताको आधारमा गठबन्धन भित्रका दलबीच तालमेल गर्ने भनिएकाले बैठकले आवश्यकताको आधारमा निर्णय लिने बताए ।

स्थानीय तह मध्ये ९ मा काग्रेसको नेतृत्व

२०७४ सालको स्थानीय चुनावमा मोरङका कुल १७ मध्ये ९ स्थानीय तहमा कांग्रेस विजयी बनेको थियो । बुढीगंगामा विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरम विजयी भएको थियो । पार्टी कांग्रेसमा मिलेपछि त्योसहित १० तहमा कांग्रेस वहुमतमा छ ।

मोरङमा एक महानगर ८ नगरपालिका र ८ गाउँपालिका गरी १७ स्थानीय तह छन् । विराटनगर महानगरपालिका, नगरपालिकातर्फ रतुवामाई, लेटाङ, सुनवर्षी, उर्लाबारी र सुन्दरहरैंचामा कांग्रेसले जितेको थियो । यसैगरी गाउँपालिकातर्फ कटहरी, केराबारी र धनपालथानमा विजयी भएको थियो ।

बुढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक विजयी बनेको थियो । अहिले त्यो पार्टी कांग्रेसमा मिलिसकेको छ ।

एमालेले बेलबारी र पथरीशनिश्चरे नगरपालिका, मिक्लाजुङ, ग्रामथान र कानेपोखरी गाउँपालिकामा जितेको थियो ।

रंगेली नगरपालिकामा माओवादी केन्द्र विजयी बनेको थियो । रंगेलीका मेयर हालै एमालेमा प्रवेश गरेका छन् । जहदामा भने उपेन्द्र यादवको जसपा विजयी भएको थियो ।

कांग्रेसबाहेकको गठबन्धनको तयारी

कांग्रेसले बिराटनगरसहितका केही स्थानीय तहमा एक्लै चुनाव लड्ने निर्णय गरेपछि गठबन्धनभित्रका अन्य सहयात्री दलले कांग्रेसले नमाने बाँकी गठबन्धन दलको चुनावी तालमेलका लागि छलफल शुरु गरेका छन् ।

यसबारे बिराटनगरको स्टनस्टार होटलमा तीन दलले औपचारिक छलफल नै सुरु गरेका हुन् ।नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी र एकीकृत समाजबादी पार्टीले छुट्टै छलफल सुरु गरेका छन् ।

माओवादी केन्द्र प्रदेश एकका सचिव गणेश उप्रेतीले केन्द्रको सहमति विपरित स्थानीयस्तरमा कांग्रेसले दम्भ देखाउदै एक्लै चुनावमा जाने निर्णय गरेकाले आगामी चुनावमा अन्य तीन दल तालमेल गरेर चुनावमा जाने बिकल्पका रुपमा छलफल अघि बढेको बताए ।

सचिव उप्रेतीले शुक्रबार विराटनगरमा तीनवटै पार्टीका प्रदेशस्तरीय नेताको उपस्थितिमा छलफल भएको बताए । तर, अहिले नै निर्णयमा भने पुगी नसकेको उनको भनाई छ ।

छलफलमा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, नेकपा माओवादी केन्द्रका संघीय सांसद शिवकुमार मण्डल र जसपाका केन्द्रीय नेता तथा प्रदेश स्वास्थ्य मन्त्री जयराम यादव तथा ती दलका जिल्ला अध्यक्षहरु सहभागी थिए । नेपाल प्रेस

 

 

प्रकाशित मिति: Apr 8, 2022

प्रतिक्रिया दिनुहोस्