Logo
६ बैशाख २०८१, बिहीबार
(April 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मुन्द्रेको कमेडी क्लब’मा भित्रिँदै दमन रुपाखेती

नेपालको हास्य कलाकार जीतु नेपालको कमेडी शो‘मुन्द्रेको कमेडी क्लब’ मा अर्का हास्य कलाकार दमन रुपाखेती पनि भित्रिने भएका छन् ।

जीतुले शोमा दमन पनि समेट्न लागेको जानकारी दिए । ‘दमनलाई पनि शोमा समेट्ने प्रयास गर्दैछु’ जीतुले भने, ‘पहिले टीभी फिक्स गरौ । त्यसपछि कलाकार र टिम सार्वजनिक गर्नेछु ।’

जीतुले अहिले सेट डिजाइन र टीभी फाइनल गर्ने काम भइरहेको बताए ।धेरै पहिले जीतु र दमन जोडीका रुपमा कलाकारितामा देखिने गर्दथे ।

त्यतिबेला दुबै जोडी हिट मानिन्थ्यो । पछिल्लो समय भने यी दुबै एक्लै एक्लै देखिँदै आएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ केही समय अगाडि बन्द भएको थियो । त्यसलाई परिमार्जित गर्दै निर्देशक दिनेश डिसी भित्र्याएर जीतुले शो ल्याउन लागेका हुन् । शो छिट्टै आउने जीतुले जानकारी दिए ।

प्रकाशित मिति: Apr 8, 2022

प्रतिक्रिया दिनुहोस्