Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारी

कवि:प्रा.डा. मोहनप्रसाद तिमिल्सिना

नारी

भित्री शील फुलेर खुल्छ जगमा सद्भाव वा उन्नति।
नारीकै गुणगान गौरब सबै नारी उनै जे जति।।
नारीमै छ विभेद भेद अथवा जो औषधी वा सुधा।
नारी हुन् धरती जहाँ भुवनकी ज्योत्स्ना स्वयं उज्ज्वला ।।१,

पाखा पर्वत वा हिमाल हिउँका खोला तथा फाँटमा।
जो जान्छन् तिनमा सदैव ममता भर्छिन् उनी आँटमा ।।
आँखा नित्य रमाउने रहरको सौन्दर्य त्यस्मै सदा।
नारी हुन् धरती जहाँ भुवनकी ज्योत्स्ना स्वयं उज्ज्वला ।।२,

कोही देश विदेश वा अलि परै कोही कतै वा यतै।
जो बस्छन् धरती धरा र धरणी धर्ती भनेको सितै।।
खुल्छन् भव्य विचारमा जब कतै देदिप्य देख्ने सदा ।
नारी हुन् धरती जहाँ भुवनकी ज्योत्स्ना स्वयं उज्ज्वला ।।३

पायो के र नपाउने अरु कुनै पाइन्छ केही भने।
नारीमै छ सबै सबै जगतका सम्पूर्ण भेट्टाउने।।
एकै रूप र रङ्ग रङ्गरसमा संसार ब्युँझाउँदा।
नारी हुन् धरती जहाँ भुवनकी ज्योत्स्ना स्वयं उज्ज्वला ।।४

नारीको मन बोल्छ बोल्छ दिलको बोली बनी कञ्चन।
तृष्णा दर्शनको बनेर मनमा सान्निध्य सम्बोधन।।
यी स्रष्टा नव रूप हुन् सुख दिने सौन्दर्य शोभा कला।
नारी हुन् धरती जहाँ भुवनकी ज्योत्स्ना स्वयं उज्ज्वला ।।५

प्रकाशित मिति: Apr 7, 2022

प्रतिक्रिया दिनुहोस्