Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टाटाले सार्बजनिक गर्यो कर्भ इभीको कन्सेप्ट, यस्ता छन् विशेषता !

टाटा मोटर्सले कर्भ इभीको नयाँ कन्सेप्ट सार्बजनिक आज गरेको छ । टाटाको लाइन अपमा नेक्सनभन्दा माथी रहने यो कुपे डिजाइनको मिडसाइज इलेक्ट्रिक एसयुभी अवको २ वर्षभित्र बजारमा आइसक्ने जनाइएको छ । यो एसयुभी कुन नामले बजारमा आउने बारे अहिलेसम्म खुलाइएको छैन ।

टाटाको नयाँ डिजिटल डिजाइन ल्यांग्वेजमा आधारित यो एसयुभीमा उसले जेनेरेशन २ इभी आर्किटेक्टर प्रयोग गरेको छ । यो कन्सेप्ट एसयुभीमा ठूलो आकारको व्याट्री प्याक जडान हुन सक्ने बताइएपनि कति एम्पियर आवरको व्याट्री रहन्छ भन्ने बिषयमा कुनै जानकारी दिइएको छैन ।

यो नयाँ इलेक्ट्रिक एसयुभीले ४ सयदेखी ५ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने अनुमान लगाइएको छ ।निकै नै आकर्षक र आधुनिक डिजाइनमा उपलब्ध गराइएको यो एसयुभीलाई टाटा मोटर्सले इलेक्ट्रिक पछि आइसिई इन्जिनमा समेत उतार्नसक्ने जनाइएको छ ।

फेब्रिक मेटिरियल र पुर्णत इलइडी लाइट सामेल गरिएको यो एसयुभीमा थ्री लेयर ड्यासवोर्ड दिइएको छ । जहाँ दुईवटा फ्रि–स्ट्यान्डिङ डिजिटल स्क्रिन उपलब्ध गराइएको छ ।

जसमध्ये एउटाले इन्फोटेन्मेन्ट सिस्टम र अर्कोले इन्स्ट्रुमेन्ट क्लस्टरका रुपमा काम गर्नेछ । टु स्पोक स्टेरिङ ह्विल डिजाइन दिइएको यो कन्सेप्ट इभीमा पानारोमिक सनरुफ र फ्लोटिङ सेन्ट्रल कन्सोल लेआउट समेत उपलब्ध गराइएको छ ।

नेक्सन र टिगोर इभीलाई बजारमा उतारेर चर्चा बटुलीरहेको टाटा मोटर्सको ध्यान पछिल्लो समय इभी सिरिजमा केन्द्रित बनिरहेको छ । सोही क्रममा उसले नयाँ सिग्मा प्योर इभी प्लेटफर्ममा सियराको उत्पादन गर्ने उद्घोष गरिसकेको छ । टाटाका इलेक्ट्रिका कारहरु नेक्सन र टिगोर नेपाली बजारमा समेत लोकप्रिय बनिरहेका छन् । नेपाल अटो

 

प्रकाशित मिति: Apr 6, 2022

प्रतिक्रिया दिनुहोस्