Logo
७ बैशाख २०८१, शुक्रबार
(April 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरिनगरको पालिका अध्यक्षमा यूवा नेता वसिम अख्तरको उम्मेदवारी घोषणा (प्रतिवद्धता सहित)

लुकमान अन्सारी

सुनसरी : प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउँपालिका अध्यक्षका लागि यूवा नेता वसिम अख्तर उम्मेदवारी घोषणा गरेका छन् ।

यस अघि सुनसरी बहुमुखी क्याम्पसमा स्वयू उपसभापति समेत भइसकेका अख्तर उक्त पालिका स्थित वडा नम्बर १ का वासिन्दा हुन् । अख्तरले २०७४ सालको पालिका निर्वाचनमा स्वतन्त्र बाट उपाध्यक्ष पदका प्रत्यासी थिए ।

२०५५ सालदेखि आफुले विभिन समाजिक क्षेत्रमा योगदान पुर्याउदै आएको भन्दै अख्तरले पालिकामा सक्षम यूवा नेतृत्वका लागि आफूले उम्मेदवारी दिने बताएका छन् ।

समाजमा युवा, विधार्थी विदुवा, जेष्ठ नागरीक, अपाङ, गरिव असाहय, महिला, वालवालिका आदिका नाममा भइरहेको भ्रष्टाचारको बिरूधमा आफ्नो उम्मेदवारी हुने उनको भनाई रहेको छ ।

आफुले समाज सुधार, विकास निर्माण, युवा वर्गमा खेलकुदको अहम भुमिका खेल्ने, धार्मीक सहिसहुणिता कायम गर्न भुमिका खेल्ने वसिमको भनाई रहेको छ ।

अख्तरको राजनितिक सुरूवात २०५५ सालदेखि ने.वि संघबाट सुरु गरेका थिए । २०५८ सालमा नेपाल विधार्थी संघ क्षेत्र नम्वर ५ को क्षेत्रिय प्रतिनिधी, २०६२ सालमा नेपाल विधार्थी संघको क्षेत्रीय सभापती, २०६३ र २०६५, मा सुनसरी बहुमुखी क्याम्पसको नेविसंघ इकाइ सभापति समेत हुन् ।

त्यसैगरी नेविसंघको कार्यवाहक सभापती, केन्द्रिय सदस्य प्रत्यासी समेत भइसकेका छन् । पार्टीमा आफ्नो मुल्यकान हुदाआफु आफू स्वतन्त्र भई उमेदवारी दिने घोषणा गरेको उनले वताए ।

हरिनगरको पालिका राजनीति एक व्यक्तिमा मात्र निहित बनाइएको उनको भनाई रहेको छ । हिजो लोकतान्त्रिकमा जानेहरु र लोकतान्त्रिबाट कांग्रेसमा आउकाहरुले पार्टीलाई तहस नहस बनाएको उनको आरोप रहेको छ ।

२०६२/०६३ को जनआनदोलन यस क्षेत्रका युवा विद्यार्थीका नेतृत्व गरेका वसिमकै अध्यक्षतामा २०७० मा भुटाहा गोल्ड कप पूर्वाअञ्चल स्तरीय फूटबल प्रत्योगिताको पहिलो, दोस्रो र तेस्रो खेल सम्पन भएको थियो ।

वसिम अख्तरको प्रतिवद्धताहरु  : 

१, शिकक्षामा पालिका स्तरको अंग्रेजीमाध्यमको स्कुल आवास समेतको निशुलक शिक्षा दिने वातावरण मिलाउने र प्रत्यक स्कूलहरूमा अंग्रेजीमाध्यमका शिकक्षक शिकक्षिका को व्यवस्था गर्ने छ।

२,स्वास्थ्यमा पालिकास्तरका एक  ९१० असपताल जसमा    सबै किसिमको सुभिधाको व्यवस्था  हुने  छ।

३ किसानका लागि पालिकास्तरमा किसानको लागि मल,खाद,बियु र कृषि उपकरणको ठोस पेकेजको व्यवस्था गर्ने छु र उक्त समग्री जसमा साना ठूला चिनेका पहंहुचमा नभिइ किसानको आधारमा प्रदान गरिने छु यसका साथ किसान कार्डबो व्यवस्था गर्नेछु।

३, रोजगारमा पालिकास्तरमा निसुवार्थ कुनै घुस अथवा पैसाको डिमाण्ड न गरिकन रोजगारीको व्यवस्थापन गर्ने छु।

४, पालिकाका 7 वटा वडाहरूमा खास खास चोकहरूको सुनदर डिपिआर बनाउने र त्यो सबैको विकाश गर्ने छु।

५, सातैवटा वडाहरूमा बत्ति लाइट को व्यवस्था गर्ने छु ।

६, खेलकुदमा पलिकास्तरमा बाकृष्ण र हरिनगरको खेल मैदान बनाउने र अन्य साना खेल मैदहरूको बिकाश  गर्दै लाने र  फुटबल, क्रिकेट , भलिबल खेलाडीहरूको लागि समबन्धित खेलको कोच ९प्रशिक्षक० को व्यवस्था गर्ने छु र प्रत्यक बर्ष क्षेत्र स्तरका खेलकुद गराउने छु।

७, विपन  तथा लक्षित बर्गमा पालिकास्तरमा र वडा स्तरहरूमा सामुदायिक केन्द्र बनाई  बार्है महिना सिपमुलक तालिम संचालन गर्ने छु ।

८, अपांगता भएका लागि पालिका स्तरमा रोजगरी गर्नेहरू लाई रोजगारी र काम गर्न चाहनाराखनेहरू लाई बैंक बाट सुपथ मुल्यमा पालिकाले आफनो रोहबरमा कम से कम ब्याजदरमा लन (कर्जा) को व्यवस्थामिलाउने र केही गर्न न सकनेहरू लाई  भत्ताको व्यवस्था गर्ने छु।

९, पढने बालबालिकाहरू क्षमता अनुसारका लागि आफनो प्रतिभा र कला प्रस्तुत गर्न पालिका स्तरिय र क्षेत्त्रिय स्तरको कार्यक्रम गर्ने व्यवस्था मिलाउने छु ।

१०, सुत्केरी  महिलाहरूको लागि (अस्पताल , स्वास्थ्य चौकी र पालिका स्तरमा बानाइएका प्रसुति गृह भवनहरू लाई संचालनमा लियाउने पहिलो काम हुने छ।

११, हरिनगर पालिकाको भौतिक तथा आर्थीक बिकाश गर्न को लागि  केन्द्रिय सरकार र प्रदेस सरकार संग थप समुन्यगरि थप विकाशको काम अगाडि बडाउने छु ।

१२, पालिका को बिकाश गर्नका लागि प्रत्यक वडामा आफनै समाजका बिज्ञय टिम (समूह) बनाई बिकाशका कार्यक्रम बनाउने छु।

१३, हरिनगरका सबै जनताको लागि फिरीमा २ वटा सेफ्टी टेंक्की गाडीको व्यवस्था गर्ने छु।

१४ अति विपन, पीडा र पछाडी पारिएका वर्ग परिवारहरूका छोरीहरूको समुहिक रूपमा बिहे गर्ने कार्यक्रम पालिका स्तरमा अगाडि बढाउने  छु।

१५ धार्मीक तथा सामाजिक संस्थाहरूका कुनै धार्मीक र जात्यताको आधारमा भेदभाव हुनदिने छैन्।यसका साथै सम्मानरूमा सबै ले सम्मान पाउने छ ।

१६ संघ संस्थहरूमा धार्मीर सामाजिक र निजी स्कूलका लागि (पालिका स्तरमा छलफल गरि कार्यक्रम र योजना बनाउने  छु।

१७  हरिनगर गाउँपालिका अन्तरगतका सम्पूर्ण स्वास्थ्य चौकी, अस्पताल, शिक्षा , स्कूल वडा कार्यालयहरूको निगरानी प्रत्यक्षरूपमा गापाबाट गर्नको लागि सि।सी केमराको जडान गर्ने र भ्रष्टाचार सबैखाले हटाउने छु ।

 

प्रकाशित मिति: Apr 4, 2022

प्रतिक्रिया दिनुहोस्